सर्पले डसेकी बालिकाको उपचारका क्रममा मृत्य

सर्पले डसेकी बालिकाको उपचारका क्रममा मृत्य

  • मङ्लबार, असार २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

सर्लाही, २४ असार ।  सर्पले डसेकी बालिकाको उपचारका क्रममा मृत्य भएकाे छ ।  सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा हरिवन नगरपालिका–९ का पुष्कर बुढाथोकीकी साढे २ वर्षीया छोरी सम्पदाकाे मृत्यु भएकाे हाे । सम्पदाकाे उपचारमा लापरबाही भएका कारण मृत्यु भएको भन्दै आक्रोशित भीडले सोमबार राति तोडफोड गरेको छ।

सम्पदालाई सोमबार साँझ सर्पले डसेपछि उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो। अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै आक्रोशित आफन्त सहितको समूहले अस्पतालमा तोडफोड गरेका हुन्। बालिकालाई अस्पतालमा ल्याउनेबित्तिकै उपचारमा संलग्न एक मात्र स्वास्थ्यकर्मीले मादक पदार्थ सेवन गरेको र अन्य स्वास्थ्यकर्मी बोलाउँदा समयमै नआएकाले मृत्यु भएको भन्दै आफन्त एवम् अन्य स्थानीयले आक्रोश व्यक्त गरेका छन्।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले छानबिन समिति गठन गर्ने प्रतिबद्धता जनाएपछि आफन्तले राति १ बजे शव बुझेको हरिवन नगररपालिका मेयर गणेश प्रसाईंले जानकारी दिए। तोडफोडबाट भेण्टिलेटर तथा आइसियूको मोनिटरलगायत उपकरण एवम् भवनका झ्यालका सिसाहरुमा क्षति पुगेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष बोधराज काफ्लेले जानकारी दिए।

सर्पदंशको प्राथमिक उपचार मात्र हुँदै आइरहेको नवलपुर स्वास्थ्यचौकीमा गत जेठमा मात्र प्रदेश सरकारको ३० लाख तथा लालबन्दी नगरपालिकाको पाँच लाख गरी ३५ लाख रुपैयाँ खर्च गरेर आइसियू एवम् भेन्टिलेटर जडान गरिएको थियो। सोमबार रातिको तोडफोड एवम् स्वास्थ्यकर्मीमाथिको कुटपिटका कारण उपचार सेवा बन्द भएको अध्यक्ष काफ्लेले जानकारी दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ