दार्चुलामा एउटै डोरीमा झुण्डिएर दाजुबहिनीले गरे आत्महत्या

दार्चुलामा एउटै डोरीमा झुण्डिएर दाजुबहिनीले गरे आत्महत्या

  • मङ्लबार, असार २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

दार्चुला, २४ असार । दार्चुलाकाे शैल्य शिखर नरपालिका वडा नम्बर ५ बगौरामा दाजुबहिनीले एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका छन् । महादेव डागा र मनिसा डागाले सोमबार राती एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका हुन्।

उनीहरु महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारमा रहेको विष्ट वियर बारमा डेरा गरी बस्दै आएका थिए । पङ्खामा डोरी लगाइ झुण्डिएको अवस्थामा मंगलबार बिहान फेला परेका थिए।

अन्दाजी २८ वर्षका महादेव र अन्दाजी २२ वर्षकी मनिसा नातामा दाजु बहिनी पर्छन् । मनिसाको विवाह भइसकेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरीले मुचुल्का तयार गरी आफन्तलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ