काठमाण्डौ, २४ असार । जंगली च्याउको तरकारी खाएर लललितपुरमा एक जनाको मृत्यु भएकाे छ । ललितपुरको लामाटारमा जंगलबाट ल्याएको च्याउको तरकारी खाएकी मिरा बयलकोटीको ज्यान गएको हो । च्याउ खाएर अन्य दुई जना बिरामी परेका छन् ।
सोमबार बेलुकी च्याउको तरकारी खाएर बिरामी भएकी महालक्ष्मी नगरपालिका–९ की बयलकोटीको उपचारको क्रममा किष्ट अस्पतालमा मंगलबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।
च्याउको तरकारी खाएर बिरामी भएका बर्दियाका हिक्मत ज्ञवाली र विमल थापाको पाटन अस्पतालमा उपचार भैरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline