राखेप सदस्यसचिवमा रमेश सिलवाल नियुक्त, लिए शपथ

राखेप सदस्यसचिवमा रमेश सिलवाल नियुक्त, लिए शपथ

  • सोमवार, असार २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, असार २३ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले आज सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेका हुन् ।

सिलवाललाई आजै खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री विश्वकर्माले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । निवर्तमान सदस्यसचिव केशवकुमार विष्टको चारवर्षे कार्यकाल असार ९ गते पूरा भएपछि रिक्त पदमा सिलवाललाई नियुक्त गरिएको हो ।

सिलवाललाई पहिला राष्ट्रिय खेलकुद संघको तर्फबाट रिक्त कोटामा परिषद् सदस्यमा नियुक्त गरेपछि सदस्यसचिवको जिम्मेवारी तोकिएको हो । सिलवाललाई हिजो नेपाल भलिबल संघले राखेपको बोर्ड सदस्य नियुक्तिका लागि सिफारिस गरेको थियो ।

संघहरुको प्रतिनिधित्व गर्दै परिषद्मा नियुक्ति लिएका राखेपका निर्वतमान सदस्यसचिव विष्ट र सदस्य राजेन्द्र श्रेष्ठको पदावधि सकिएपछि दुई पद रिक्त थियो । सिलवाल यसअघि विष्ट नेतृत्वको परिषद्बाट गठित नेपाल क्रिकेट संघ (क्यान)को तदर्थ समितिको अध्यक्ष थिए । सिलवाल पूर्वक्यान उपाध्यक्ष पनि हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ