नेविसंघद्धारा आन्दोलनका कार्यक्रमको घोषणा, देशैभरका क्याम्पस अगाडि प्रदर्शन

नेविसंघद्धारा आन्दोलनका कार्यक्रमको घोषणा, देशैभरका क्याम्पस अगाडि प्रदर्शन

  • सोमवार, असार २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौं, असार २३ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सोहीअनुसार आज देशैभरका क्याम्पस अगाडि प्रदर्शन गरेको छ ।

भारतबाट नेपालमा आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै भन्दै नेविसंघले विषाक्त तरकारीसहित प्रदर्शन गरेको हो ।

सरकारको निर्णयले आम नागरिकलाई विषाक्त तरकारी खान बाध्य बनाएकोले प्रदर्शन सहितका आन्दोलनका कार्यक्रम गरिएको निवर्तमान केन्द्रीय सदस्य शुशिल भट्टले जानकारी दिनुभयो । नेविसंघले आज काठमाडौंको बालाजु(नेपालटार स्थित ग्रामीण र एनआर क्याम्पस अगाडि पनि विरोध प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा निवर्तमान केन्द्रीय सदस्य शुशील भट्टसहितका विद्यार्थीहरु विषाक्त तरकारी सहित नाराबाजीमा उत्रिएका थिए । आन्दोलनका कार्यक्रम अनुसार २४ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विषाक्त तरकारी र फलफूल पठाउने कार्यक्रम रहेको निवर्तमान केन्द्रीय सदस्य भट्टले जानकारी दिनुभयो ।

यस्तै २५ गते विषाक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, २६ गते मसाल जुलुस निकाल्ने र २७ गते माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम नेविसंघले तय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ