एआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाउनु पर्ने पूर्वमन्त्री शर्माको प्रस्ताव

एआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाउनु पर्ने पूर्वमन्त्री शर्माको प्रस्ताव

  • सोमवार, असार २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं असार २३ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले अतिरिक्त प्रहरी महानिरीक्षक एआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव अघि सार्नु भएको छ ।
पूर्व गृहमन्त्री समेत रहेका नेता शर्माले प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने व्यवस्था गर्न र त्यसमा नियुक्ति गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक नै उपयुक्त हुने तर्क पनि गर्नूभयो ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले प्रदेशका अन्य प्रहरी दर्जाको नियुक्ति प्रदेश प्रहरीले गर्न पाउनुपर्ने तर्क गर्नुभयो ।

मुलुक संघीयतामा गएकाले प्रमुख बाहेकका प्रदेश प्रहरीको अन्य पदमा नियुक्त गर्ने अधिकार प्रदेश प्रहरीलाई दिन उपयुक्त हुने उहाँको भनाई थियो । कांग्रेस नेता दीलेन्द्रप्रसाद बडुले भने प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायव महानिरीक्षक राख्ने सरकारको प्रस्तावमा सहमति जनाउनु भएको थियो ।

उहाँले प्रदेश प्रमुख बाहेकका अन्य पदहरूमा भने प्रदेश प्रहरीले नियुक्ति गर्ने कानुनी व्यवस्था गर्नुपर्ने माग पनि सरकारसँग गर्नुभयो । समितिमा पेस गरिएको विधेयकमा भने प्रहरी नायव महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रावधान राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ