विषादी परीक्षणको निर्णय स्थगित गर्नुको कारण जानकारी गराउन सरकारलाई निर्देशन

विषादी परीक्षणको निर्णय स्थगित गर्नुको कारण जानकारी गराउन सरकारलाई निर्देशन

  • आइतवार, असार २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं, असार २२ ।
प्रतिनिधिसभाले भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षणको निर्णय स्थगित गर्नुको कारण जानकारी गराउन रुलिङ गरेको छ ।

आजको संसद बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले समय लिएर बोल्दै विषादी परीक्षणबाट पछि हट्नुको कारण माग गरेपछि सभामुख कृष्णबहादुर महराले सम्बन्धित मन्त्रीलाई यसबारे जवाफ दिन रुलिङ गर्नु भएको हो ।

प्रमुख सचेतक खाँडले विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेर सरकारले घुँडा टेकेको आरोप लगाएको छ । भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा सीमा नाकामै विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेर सरकारले घुँटा टेकेको बताएको हो ।

खाँडले सरकारले आफ्नो निर्णयबाट पछि हटि लम्पसारवादी नीतिले आम नेपालीको स्वास्थ्यमाथि गम्भिर खेलवाड गरेको बताउनुभयो । सरकारले पहिले आम नागरिकलाई विषादीयुक्त खानेकुरा खान दिन्न भन्दा आफूहरुले समर्थन गरे पनि केही दिनमा फेरि जजनताको जीवनसँग खेलवाड गर्दै निर्णयबाट पछि हटेको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो ।

त्यस्तै सभामुख महराले सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको विषयमा जवाफ दिन पनि गृहमन्त्रीलाई निर्देशन दिनु भएको छ । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले उक्त घटनाको विरोध गर्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएपछि सभामुख महराले त्यस विषयमा पनि जवाफ दिन सरकारलाई रुलिङ गर्नु भएको हो ।

प्रमुख सचेतक खाँड र राजपा नेपालका सांसद प्रमोद साहले बालुवा झिक्ने खाल्डोमा डुबेर बालकको मृत्यु भएको घटनामा जायज माग राखेर आन्दोलन गर्दा सरकारले अन्धाधुन्ध गोली चलाएको आरोप लगाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ