चितवन, २१ असार ।
चितवन राष्ट्रिय निकुञ्जले आजदेखि जीप सफारी बन्द गरेको छ । बर्खा सुरु भएपछि निकुञ्ज कार्यालयले जीप सफारी बन्द गर्ने निर्णय गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो ।
मध्यवर्ती सामुदायिक वन क्षेत्रमा भने जीप चल्ने उहाँले जानकारी दिनुभयो । जीपमा पर्यटक राखेर निकुञ्जको भित्री भाग घुमाउने गरिन्छ । आजदेखि बन्द भएको जीप सफारी दशैं, तिहार लक्षित गरी असोज पहिलो हप्ताबाट खुल्ने छ ।
बाटो हिलो, खाल्डाखुल्डी र घाँसका झाडी बढेकाले जीप चलाउन रोक लगाएको पनि ढकालले बताउनुभयो । गएको वर्ष असार १६ गतेबाटै जीप चलाउन रोक लगाए पनि यसपाली मनसुन ढिलो भएकाले एक हप्ता ढिलोगरी सफारी रोकिएको हो ।
निकुञ्जभित्र घुम्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ र अमलटारी क्षेत्रबाट ७ ओटा जीप छिर्ने गर्छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline