फरार रहेका ‘मोस्ट वान्टेड’ खान काठमाडौंको बानेश्वरबाट पक्राउ

फरार रहेका ‘मोस्ट वान्टेड’ खान काठमाडौंको बानेश्वरबाट पक्राउ

  • शनिबार, असार २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौं, २१ असार ।
‘मोस्ट वान्टेड’ नसिम खान काठमाडौंको बानेश्वरबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को प्रहरी टोलीले विशेष सूचनाको आधारमा खानलाई आज बिहान पक्राउ गरेको हो ।

कपिलवस्तुलाई केन्द्र बनाइ अपहरण, फिरौती र हत्या जस्ता ८ वटा घटनामा संलग्न रहेको आरोपमा खानलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता तथा एसपी दिपक रेग्मीले जानकारी दिनुभयो ।

कपिलवस्तुमा श्रृंखलाबद्ध अपराधका घटना गरेर भारतमा लुकीछिपी बस्दै आएपछि खानलाई प्रहरीले मोस्ट वान्डेट सूचीमा राखेर खोजी गरिरहेको थियो ।

पछिल्लो पटक २०७४ फागुनमा मोहम्मद रहमानको हत्या गरी फरार खानलाई फरार अभियुक्त खोज्ने सिलसिलामा राजधानीबाट पक्राउ गरिएको सीआइबीका प्रमुख डीआइजी निरज शाहीले बताउनुभयो ।

पछिल्लो समय २०७४ वैशाख १३ गते मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष फतेह मोहम्मदका छोरा ५ वर्षीय मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको छ।
खानबिरुद्ध प्रहरीमा ७ वटा कर्तव्यज्यान र एउटा डाँका मुद्धा दर्ता छ । कपिलवस्तु प्रहरीलेसमेत विशेष टोली बनाएर खानको खोजी गरिरहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ