भारतीय दबाबपछि झुक्याे सरकार, विषादी परीक्षणकाे निर्णय १७ दिनेमै उल्टियो

भारतीय दबाबपछि झुक्याे सरकार, विषादी परीक्षणकाे निर्णय १७ दिनेमै उल्टियो

  • शुक्रबार, असार २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, असार २० । भारतीय दबाबपछि भारतबाट आयात हुने तरकारी, फलफूललगायतका कृषिजन्य वस्तुहरुको सीमानाकामै विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।भारत सरकारको दबाब थेग्न नसकेर यही असार २ गते राजपत्रमा विषादी परीक्षण गर्नेसम्बन्धी नीति प्रकाशित भएपछि लागू भएकामा सरकार दुई साता नहुँदै पछि हटेको हो ।

काठमाडौंस्थित भारतीय दूतावासकाे पत्र लगत्तै सरकारले निर्णय उल्ट्याएकाे हाे । दुतावासले विषादी परीक्षणको व्यवस्थित प्रणाली स्थापना नगरी मालवाहक ट्रकहरु रोक्दा किसान र सर्वसाधारणलाई मर्का परेको भन्दै नेपाल सरकारलाई उक्त निर्णय पुनःविचार गर्न पत्र लेखेको खुलासा भएको थियो ।

त्यसपछि गएको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सीमानमा विषादी परीक्षण गरेपछिमात्रै कृषिजन्य वस्तुलाई नेपाल प्रवेश गराउने निर्णय ६ महिनाका लागि स्थगित गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सरकारले दुई साताअघिमात्रै भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति लिएको थियो ।असार ३ गतेदेखि कार्यान्वयनमा आएको यो नीति १७ औं दिनमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयकै प्रस्तावमा मन्त्रिपरिषदको बैठकले फिर्ता लिने निर्णय गरेको हो। भन्सार विन्दुमा भारतबाट आयात हुने तरकारी तथा फलफूलको कडाईका साथ परीक्षण हुन थालेपछि पछिल्लो समयमा भारत सरकारले चर्को रुपमा यो व्यवस्थाको विरोध जनाउँदै फिर्ता लिन दबाब दिँदै आएको थियो। भारतीय दूताबास र भारतीय निर्यातकर्ता व्यापारीहरुको विभिन्न टोली कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, अर्थ मन्त्रालय तथा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमै पुगेर यो व्यवस्था स्थगीत गर्न दबाब दिएका थिए।

आगामी ६ महिनाका लागि तरकारी, फलफूल र मानव स्वास्थ्यलाई हानी पुर्‍याउने क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ ‘इनर्जी ड्रिंक्स’ र ‘फ्लेवर सिन्थेटिक ड्रिंक्स-जुस’ को आयातमा लगाइएको प्रतिबन्ध पनि फुकुवा गर्ने निर्णय सरकारले गरेको छ। कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले पनि सरकारले परीक्षण कार्य फिर्ता लिइएको विषयलाई पुष्टि गरेका छन् ।

सरकारले पछिल्लो समयमा आयात हुने तरकारीको विषादी परीक्षण र जुसमाथिको प्रतिबन्ध नेपाली उपभोक्ता र किसानको पक्षमा निक्कै महत्वपूर्ण मानिएपनि दबाबमा फिर्ता गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी