चितवनमा ट्रक पल्टिँदा दुई जनाको ज्यान गयो

चितवनमा ट्रक पल्टिँदा दुई जनाको ज्यान गयो

  • शुक्रबार, असार २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

चितवन, असार २० ।
चितवनमा ट्रक पल्टिँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । आज बिहान साढे ६ बजेतिर सर्लाहीबाट इँट्टा लिएर काठमाडौका लागि छुटेको ना ७ ख ५७६५ नम्बरको ट्रक तुम्लिङटारमा पल्टिएको हो ।

ट्रक पल्टिँदा सह–चालक सर्लाहीका १९ वर्षीय बालकिशोर यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अर्का एक जना पुरुषको पहिचान खुलेको छैन ।

घाइते भएका चालक सर्लाहीका २४ वर्षका दीपेन्द्र शाहको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । ट्रक तुम्लिङटारको भीरमा अड्किएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ