काठमाडौं, असार २० ।
रौतहटमा बिमाको रकम हात पार्न बाबुले आफ्नै ४ वर्षीया छोरीको हत्या गरेका छन् । जिल्लाको नौलापुर नगरपालिका वडा नम्बर ६ पथरा बुधरामका ३९ वर्षीय रामकिशोर यादवले ४ वर्षीया छोरी लक्ष्मी राय यादवको हत्या गरेको प्रहरीले जनाएको छ ।
यादवले छोरीको नाममा गरेको बिमा रकम हात पार्न आफूले हत्या गरेको स्वीकारी बयान प्रहरी सामु दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविन कार्कीले जानकारी दिनुभयो । असार १७ गते छोरी घरबाट हराएको भन्दै राम किशोरले नै प्रहरीमा खबर गरेपछि त्यसको भोलिपल्ट उनकी छोरीको शव गाउँकै पोखरीमा फेला परेको थियो ।
यादवलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यसअघि उनी विभिन्न मुद्दामा तीन वर्ष जेल समेत बसेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline