किन गर्छन रौतहटका गरुडा बासीले अधिकृत टेकराज पन्थीको प्रसंशा

किन गर्छन रौतहटका गरुडा बासीले अधिकृत टेकराज पन्थीको प्रसंशा

  • बिहिबार, असार १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

रौतहट असार १९ । रौतहटको गरुडा नगरपालिका विकास र समृद्धिमा तीब्रताका साथ छलाङ्ग मार्न थालेपछि स्थानीय हर्षित भएका छन् ।

नगरपालिकामा नेपाल सरकारका उपसचिव टेकराज पन्थी प्रमुख प्रशाासकिय अधिकृतको रुपमा आए संगै उहाँले चालेको प्रभावकारी कदमबाट नगरको विकास पूर्वाधारका हरेक क्षेत्रमा परिर्वतन आएको हो । करिब आधी दर्जन प्रमुख प्रशासकिय अधिकृतले कार्यभार सम्हाली फर्कि सकेको गरुडामा नगरलाई समृद्ध बनाउने तर्फ खासै काम हुन सकेको थिएन ।

जनप्रतिनिधी बिच मनमुटाव थियो । विभिन्न अदृश्य शक्तिका कारण नगरपालिकाका कर्मचारी, जनप्रतिनिधी बिच कुनै प्रकारको तालमेल थिएन । विकासको कुरै छोडौ कति जनप्रतिनिधी र कर्मचारी बिच बोलचाल सम्म थिएन । सबैमा मपाईत्वको भावना थियो । तर प्रमुख प्रशाासकिय अधिकृत पन्थीले पाईला टेके संगै गरुडा नपाको प्रशासनिक व्यवस्था चुस्तदुरुस्त भएको स्थानीय रवि शंकरसाह बताउछन् । हामी पन्थी सर प्रति अभारि छौं । उहाँ आए संगै नगरले स्वास्थ, शिक्षा, खानेपानी, सडक विस्तार, बाटो घाटो, नाला निर्माण, बिधुतिकरण, सिंचाई लगायतको क्षेत्रमा ठूलो फडको मारेको साहले थपे ।

यति मात्र कहाँ हो र १ कार्यभाल सम्हाले संगै जनताको काम, सेवा गर्न विदा समय र शनिवार नहेरी खट्दै आएका पन्थी नगरकार्यपालिका भित्र देखिएको हरेक विवाद, समस्या र झमेलाको समाधान गरी सबै लाई ठिक समयमा कार्यालय आउन र जान कर्मचारीहरुलाई ह्विप जारी गरे संगै नगरवासीले गाउँ गाउँमा सिंहदरवारको अनूभुति गर्न थालेको कुरा अर्का स्थानीय प्रेमलाल सहनी बताउछन् । हाल कर्मचारी देखि जनप्रतिनिधीमा कुनै विवाद छैन सबै मिलेर विकास कार्यमा अघि बढेका छन् । यो भन्दा खुसीको कुरा के हुनसक्छ र सहनी खुसी व्यक्त गरे ।

जनप्रतिनिधीमा देखिने शासन संचालन सम्बन्धी अस्पष्टता, द्विविधा र कठिनाई लाई समाधान गर्न सक्षम सरल, सहज, इमान्दार, प्रतिभाशाली, प्रखर, तार्तिक, बौधिक क्षमतायुक्त र नियममा अडिग रहने उपसचिव पन्थी सेवाग्राहीलाई गर्ने व्यवहारले नै सबैको प्यारो बन्न सक्षम रहेको समाजसेवी विनोद यादव बताउछ । हृदय र मन बिच साम्यता छ नरम बोली र व्यवहार पनि त्यति नै राम्रो छ । अनि उहाँले गर्दा नै नगरमा विकासको इतिहास लेखिने सम्भावना छ, महिला अधिकार कर्मी अम्बया खातुनले बताईन् ।

नियम विपरित काम हुन नदिन अडान लिने पन्थी नियमानुसार गर्न मिल्ने काममा कहिलै नाइनास्ती गर्दैनन् । एउटा कुशल प्रशाासकमा हुनेपर्ने सबै गुण उहाँमा छन् । सेवाग्राही मात्र हाईन कार्यालयका कर्मचारी र जनप्रतिनिधी उतिकै प्रभावित छन् । कतिपय स्थानीय तहका कर्मचारीमा अनियमितता गरेर कमाउनु पर्छ भने भावना छ तर पन्थीले निस्वार्थ ढङ्गले नियमानुसार पाउने तलब मात्र लिएर उत्कृष्ट सेवा दिईरहेका योजना फाटका कर्मचारी रामानन्द सहनी बताउछन् । प्रमुख प्रशाासकिय अधिकृत पदलाई उनले जागिर हाईन नागरिकको सेवा गर्ने अवसरको रुपमा लिएका छन् । आफना जिम्मेवारी प्रति सर्मपनको भाव छ ।

शनिवार विदाको दिन पनि नगर क्षेत्रमा संचालनमा भईरहेको योजनाहरुको अनुगमन गर्न व्यस्त रहेको पन्थी एस्टिमेट अनुसार ठोस रुपमा गुणस्तरिय काम नगरे कसैलाई भुक्तानी नदिने बताउछन् । कामको चाप बिच पनि प्रसंन्न रहनु प्रतिकुल परिस्थितिमा नआतिनु र स्वविवेकले निर्णय लिने प्रमुख विषेशता रहेको अधिकृत पन्थीले गरुडा बजारमा फुटपाथ पथ निर्माण ,सडक ढलान ,स्वास्थ्य चौकी भवन निर्माण ,छठ घाट निर्माण ,नाला निर्माण, विद्यालय भवन निर्माण लगायतका योजना अनुरुप त्रिव गतिमा विकास निर्माण कार्यको दिनहु“जसो स्थलगत अनुगमन तथा निरीक्षणको क्रममा आफू रहेको बताए ।

नगरपालिकाको वडास्तरिय योजना तथा नगरस्तरिय योजनाहरुको अनुगमन ,निरीक्षण तथा मुल्यांकन पश्चात मात्र भुक्तानी दिने भएकाले विकास योजनाहरुको अनुगमनमा जोड दिइएको हो । प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले आफू कार्यभार सम्हालेपछि नगरपालिकाको न्यायिक समितिलाइ सक्रिय गरेको भन्दै नगरपालिकालाइ नमूना बनाएर छाडने समेत बताए । गरुडा नगरपालिकाको वडास्तरिय एकसय ९३ तथा नगरस्तरिय ८० वटा योजना गरी दुइसय तिहतरी वटा योजनाहरु मध्ये ९० प्रतिशत पक्की निर्माण कार्य रहेको तथा १० प्रतिशत मात्र कच्ची योजना जस अन्तर्गत सडक ग्राभेल रहेको गरुडा नपाका प्रमुख प्रशासकिय अधिकृत पन्थीले जानकारी दिनुभयो ।

जस अन्तर्गत गरुडा बजारमा फुटपाथ पथ निर्माण ,सडक ढलान ,स्वास्थ्य चौकी भवन निर्माण ,छठ घाट निर्माण ,नाला निर्माण, विद्यालय भवन निर्माण लगायतका योजना अनुरुप त्रिव गतिमा विकास निर्माण कार्यको दिनहु“जसो स्थलगत अनुगमन तथा निरीक्षणको क्रममा आफू रहेको अधिकृत पन्थीले बताउनुभयो । विकास निर्माण स्थलमा नगरवासीको जानकारीका लागि होडिंग बोर्ड जडान गरिएको तथा नगरस्तरिय अनुगमन टोलीले पनि पटक पटक विकास कार्यको स्थलगत अनुगमन निरीक्षण गरिरहेको तथा गणुस्तरयुक्त ,फलदायी निर्माणकालागि आफू लागिपरेको समेत उहा“ले जानकारी दिनुभयो ।

विकास निर्माणको गुणस्तरयुक्त ,स्टिमेट अनुसार तथा निर्धारित समयमा कार्य सम्पन्न हुनुपर्ने उद्येश्यले निर्माण कार्यको स्थलगत अनुगमनमा आफूले त्रिवता दिइएको बताउनुभयो । गरुडा बजारमा मापदण्ड भित्र रहेका संरचना भत्काइ सडक सौन्दर्र्यीकरण गर्ने कार्य थालनी गरेको ,अधुरा कामहरुलाइ यसैवर्ष सम्पन्न गर्ने गरी नपाले कार्य अघि बढाएको समेत प्रमुख प्रशासकिय अधिकृत पन्थीले बताउनुभयो ।

उहा“ले नपाद्धारा समयसमयमा नगर भित्रका विद्यालय ,बजार ,स्वास्थ्य चौकी लगायत निजी क्लिनिकको अनुगमन तथा निरीक्षण गरी उनीहरुको सेवा सुविधा वृद्धिसंगै स्तरोन्नतिकालागि नपाद्धारा आवश्यक कदम चालिएको समेत बताउनुभयो । आफूहरु सबभन्दा पहिले विवाद रहित नगर सभा गरेको र आर्थिक वर्ष २०७६र७७ मा जनताको मन जित्न सफल हुने विश्वास व्यक्त गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी