विराटनगर, असार १७ ।
मोरङको विराटनगरबाट प्रहरीले आज ५९.९५ केजी अवैध चाँदीसहित भारतीय कार नियन्त्रणमा लिएको छ । भारतीय सीमावर्ती बजार जोगवनीतर्फ जाँदै गरेको बीआर ११ एके १७९१ नम्बरको कारलाई प्रहरीले विराटनगर महानगरपालिका–९, रोडशेष चोकबाट चालकसहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी घनश्याम श्रेष्ठले चाँदीसहित भारतीय नागरिक पक्राउ परेको जानकारी दिनुभयो । पक्राउ परेको चालकको परिचय गोप्य राखेको प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline