युरो यू–२१ च्याम्पियनसिप फुटबलको उपाधि

युरो यू–२१ च्याम्पियनसिप फुटबलको उपाधि

  • सोमवार, असार १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी, १६ असार ।
स्पेनले युरो यू–२१ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । इटालीमा आज विहान सम्पन्न युरो यू–२१ च्याम्पियनसिपको फाइनलमा जर्मनीलाई २ू–१ गोलअन्तरले पराजित गर्दै स्पेनले उपाधि उचालेको हो ।

सुरुवातीदेखि नै आफ्नो पकड बनाएको स्पेनले अग्रतालाई कायमै राख्दै जित हात पारेको हो । स्पेनलाई उपाधि दिलाउन फावियन रुइज र ड्यानी ओल्मोले गोल गरे । यता, जर्मनीका लागि भने नदिम अमिरीले एक गोल फर्काए ।

खेलको सातौ मिनेटमा फावियनले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म उनकै गोलको मद्दतमा स्पेनले अग्रता बनाएको थियो । दोस्रो हाफमा स्पेनले एक गोल थप्दा जर्मनीले पनि एक गोल फर्काउन सफल भयो तर यो गोल स्पेनलाई रोक्न पर्याप्त भएन ।

खेलको ६९औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई २(० गोलको अग्रता दिलाए तर खेलको ८८औं मिनेटमा अमिरीले गोल फर्काउँदै २–१ गोलको स्थितिमा ल्याएपनि जर्मनीले स्पेनलाई रोक्न सकेन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ