काठमाडौं उपत्यकाको फोहार आजबाट उठाइदै

काठमाडौं उपत्यकाको फोहार आजबाट उठाइदै

  • सोमवार, असार १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, असार १६ ।

काठमाडौं उपत्यकाको फोहार आजबाट उठाउन थालिएको छ । सिसडोलका बासिन्दा र काठमाडौं महानगरपालिकाका अधिकारीबीच तीन बुँदे सहमति भएपछि सोमबार बिहानबाट फोहोर उठाउन शुरु भएको हो ।

नुवाकोटको ककनी गाउँपालिका २ स्थित सिसडोलका बासिन्दाले आन्दोलन प्रभावित क्षेत्रका बासिन्दालाई क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्र पनि अधिग्रहण गर्नुपर्नेलगायतका माग राख्दै फोहोर फाल्न अवरोध गरेपछि काठमाडौंको फोहर उठ्न सकेको थिएन । पाँच दिनदेखि सडक किनारमा थुप्रिएको फोहरले महानगर प्रदूषित बनेको थियो ।

स्थानीयको माग पूरा गर्नका लागि १३ सदस्यीय समिति गठन गर्ने सहमति भएपछि प्रभावित क्षेत्रका बासिन्दा फोहोर बिसर्जनमा अवरोध नगर्न राजी भएका थिए । महानगर र आन्दोलनरत पक्ष दुवैको प्रतिनिधित्व हुने समितिले सिफारिस गरेअनुसार महानगरले माग पूरा गर्ने सहमति भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ