भक्तपुर, असार १६ ।
आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलेको छ । चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको थियो ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीका अनुसार प्रेमिसँग मिलेर छोरीले नै आमाको हत्या गरेको खुलेको हो । हत्यामा संलग्न छोरीसहित चार जनालाई धादिङको गजुरीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाका मोहम्मद नौशाद छन् ।
हत्या हुनुको कारण छोरी उनका प्रेमीबीचको ‘सम्बन्ध’ रहेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो । उनी त्यहाँ आफ्ना कान्छा ज्वाइँको घरमा बस्दै आएकी थिइन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline