प्रहरीको गोली लागेर सर्लाहीमा एक जनाको ज्यान गयो

प्रहरीको गोली लागेर सर्लाहीमा एक जनाको ज्यान गयो

  • आइतवार, असार १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं १५ असार ।
सर्लाहीमा भीड नियन्त्रणको क्रममा गोली लागेर आज एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही ईश्वरपुर नगरपालिका १३ का २७ वर्षीय केवल महतो छन ।

सर्लाही र महोत्तरीको सीमाना बाँकेमा भएको लगातारको दोहोरो झडपका क्रममा गोली लागेर महतोको मृत्यु भएको २ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले बताउनु भएको छ ।

बालक मृत्यु प्रकरणलाई लिएर आक्रोशित स्थानीयको भीड नियन्त्रण क्रम गर्ने क्रममा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाएको थियो ।

हिजो ईश्वरपुर(१३ को एउटा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बालक अमित रायको मृत्यु भएको थियो । शनिबार रातभर प्रहरीले खोजे पनि आज बिहान मात्र शव फेला परेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ