परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीन प्रस्थान

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीन प्रस्थान

  • आइतवार, असार १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौँ १५ असार ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको डालियान शहरमा यही असार १६ देखि १८ गतेसम्म आयोजना हुने विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् ।

ज्ञवाली भोली ‘विश्व अर्थतन्त्रमा नयाँ अवसरहरुको खोजी’ शीर्षकमा हुने अनौपचारिक छलफलमा सहभागी हुनेछन् भने सन् २०२० का लागि जि–२० कार्यसूची विषयको छलफल सत्रमा पनि सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री ज्ञवालीले मंगलबार ‘जलवायु परिवर्तन भावी वित्तीय संकट?’ र नयाँ शक्ति सङ्कलन विषयका अतिरिक्त सत्रमा नेपालका तर्फबाट सम्बोद्धन गर्ने कार्यक्रम रहेको छ । डालियानमा रहँदा उनले राजनीतिक एवं व्यापारिक वर्गसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

मन्त्री ज्ञवाली यही १८ गते डालियानबाट बेइजिङतर्फ प्रस्थान गर्नुहुने छ । त्यहाँ उच्चस्तरीय चिनियाँ अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्रीका साथ चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सहसचिव घनश्याम भण्डारी लगायत छन ्।

मन्त्री ज्ञवाली असार २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत मन्त्रालयका उच्च पदाधिकारीले बिदाई गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ