सरकारले भारतीय फिल्म अवार्डका लागि एक अर्ब छुट्याउनु आपत्तिजनक: नेता रावल

सरकारले भारतीय फिल्म अवार्डका लागि एक अर्ब छुट्याउनु आपत्तिजनक: नेता रावल

  • आइतवार, असार १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ १५ असार ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीनेकपाका नेता भीम रावलले नेपालमा आयोजना हुने अन्तर्रा्ष्ट्रिय भारतीय फिल्म अवार्ड कार्यक्रमका लागि सरकारले एक अर्ब आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको भन्दै आपत्ति जनाउनु भएको छ ।

नेता रावलले निजी क्षेत्रको लगानीमा आयोजना हुने गरेको सो अवार्डमा नेपाल सरकारले एक अर्ब आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिनु उचित नभएको तर्क गर्नुभयो ।
आइतबार काठमाण्डौमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले जनताका लागि अस्पताल, बाटो बनाउन नसक्ने अवस्थामा रहेको देशले अन्य देशका कलाकारलाई आर्थिक सहायता उपलब्ध गराउन उपयुक्त नभएको बताउनु भयो ।

सरकारले उक्त फिल्म अवार्ड नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाण्डौमा आयोजना गर्नका लागि स्विकृति प्रदान गरेको थियो । त्यसका लागि आर्थिक सहायता पनि उपलब्ध गराउन सरकारले निर्णय लिएको दावी गर्दै नेता रावलले असन्तुष्टि जनाउनु भयो ।

उहाँले नेपाली चलचित्र क्षेत्रका लागि केही बजेट दिन नसक्ने सरकारले भारतीय फिल्म अवार्डका लागि भनेर एक अर्ब बजेट दिन जायज नहुने धारणा राख्नुभयो । त्यस्तै नेता रावलले मन्त्रीपरिषद विस्तार गर्दा पार्टीको नीति अनुसार गर्न पनि सरकारलाई सचेत गराउनु भयो । सरकार पार्टीको नीति अनुसार चल्न नसकेको पनि नेता रावलको दावी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ