पारस खड्काको कप्तानीमा राष्ट्रिय क्रिकेट टिमको घोषणा

पारस खड्काको कप्तानीमा राष्ट्रिय क्रिकेट टिमको घोषणा

  • आइतवार, असार १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं १५ असार ।
सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपालले आज पत्रकार सम्मेलन गरेर कप्तान पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।

नेपालले बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट १४ सदसीय टिमको घोषणा गरेको हो । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गरेका हुन् । नेपाली टोलीमा शरद भेषवाकरले पुनरागमन गरेका छन् । गत माघमा भएको युएईसँगको सिरिजमा शरद टिममा थिएनन् ।

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसंग खेल्नेछ ।

नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ । एसिया छनोटमा युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगेको छ । यस्तै विश्वकप छनोटको तयारी गर्न नेपाली टोली मलेसिया जानेछ । तयारी स्वरुप नेपालले मलेसियासंग द्विपक्षीय टी(ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्नेछ ।

नेपालले आगामी जुलाईमा मलेसियासंग उसैको मैदानमा २ खेलको सिरिज खेल्ने छ । नेपाल र मलेसियाबीचको सिरिज जुलाई १३ र १४ (असार २८(२९) मा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ