अवैध किसिमले गिट्टी बालुवा निकाल्न बनाइएकोे खाल्डोमा डुबेर बालकको मृत्यु

अवैध किसिमले गिट्टी बालुवा निकाल्न बनाइएकोे खाल्डोमा डुबेर बालकको मृत्यु

  • आइतवार, असार १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

सर्लाही, १५ असार ।
सर्लाहीको उत्तर–पूर्वी भेगस्थित गौरीशङ्करमा अवैध किसिमले गिट्टी बालुवा निकाल्न बनाइएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

सर्लाही र महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा गिट्टी बालुवा निकाल्दा बनेको गहिरो खाल्डोमा डुबेर ईश्वरपुर नगरपालिका–१३, गौरीशङ्करका लाले रायका १२ वर्षीय छोरा अमित रायको मृत्यु भएको हो । हिजो दिउँसोदेखि गहिरो खाल्डोमा जमेको पानीमा डुबेर बेपत्ता बालक आज बिहान मृत फेला परेका प्रहरीले जनाएको छ ।

खोलामा जथाभावी उत्खनन् गर्दा घटना भएको भन्दै स्थानीयवासीले घटनास्थलबाट बालकको शव उठाउन मानेका छैनन् । खोलामा भैरहेको अवैध उत्खनन् बन्द गर्नुपर्ने, अहिले रहेका ठूल्ठूला खाल्डो तत्काल पुर्नुपर्ने, मृतक बालकका परिवारलाई उचित राहत दिनुपर्ने, बस्ती नजिक सञ्चालित अवैध क्रसर उद्योग बन्द गर्नुपर्ने स्थानीयको माग छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ