सामाजिक अभियान्ता कार्कीलाई गिरफ्तार गरेपछि अभिनेत्री थापाले लेखिन् -राज्य आतंक देखियो

सामाजिक अभियान्ता कार्कीलाई गिरफ्तार गरेपछि अभिनेत्री थापाले लेखिन् -राज्य आतंक देखियो

  • मङ्लबार, असार १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौँ , १० असार ।
अभिनेत्री रेखा थापाले नेपाल कम्युनिस्ट पार्टीका नेता नरबहादुर कार्कीलाई प्रहरीले बालुवाटारबाट अपमान पूर्वक गिरफ्तार गरको भन्दै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै आक्रोश पोखेकी छन् ।
कार्कीलाई गिरफ्तार गरेपछि फेसबुकमा स्टाटस पोस्ट गर्दै रेखाले गणतन्त्रमा पनि कोहि व्यक्तिले कुनै पार्टीको नेताको समर्थक हुन नपाउने भन्दै आक्रोश पोखेकी छिन् ।
अभिनेत्री लेखेकी छिन्, ‘राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो आज ! सामाजिक अभियन्ता, अन्तर्रा्ष्ट्रिय मोटिभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ,’ उनले अगाडि लेखेकी छन् ‘धकेलेर, भरखरै मारौँला जस्तो गरेर गणतान्त्रिक लोकतन्त्रात्मक प्रहरी प्रस्तुत भएको खुद आँखाले देख्न पाइयो ।’ ‘कुनै व्यक्ति, कुनै पार्टीको नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ?’ उनले प्रश्न समेत उठाएकी छन् ।
कार्कीलाई महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीको संयुक्त टोलीले सोमबार बालुवाटारबाट पक्राउ गरेको थियो ।


कार्की रेखा थापा निर्दे्शित तथा अभिनित फिल्म ‘मालिका’का निर्माता तथा कलाकार पनि हुन् । कार्कीलाई पक्राउपछि महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।
सामाजिक अभियन्ताको रुपमा समेत आफूलाई चिनाएका कार्की सन् २०१६ मा मुम्बईमा भएको विश्व प्रशिक्षक सम्मेलनमा छानिएका ५० सफल प्रशिक्षक मध्येका एक हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ