भट्टराईको ट्वीटः पहिले अपहरित बिपीको रक्षा गर, बाबुरामको क्षमापूजा पछि गरौला !

भट्टराईको ट्वीटः पहिले अपहरित बिपीको रक्षा गर, बाबुरामको क्षमापूजा पछि गरौला !

  • सोमवार, असार ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

 

काठमाडौं, ९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिपीको मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तका रुपमा लिएपछि पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गएराति ट्वीट गर्दै नेपाली कांग्रेसलाई सुझाव दिएका छन् ।

डा. भट्टराईले गएराति ट्वीट गर्दै कांग्रेसलाई सुझाव दिएका छन्- ‘बिपीलाई अब राप्रपाले अपहरण गरेछ । बिपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलापको कार्यनीतिलाई कांग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो । बिपीको आत्माले के भन्दै होला ? कांग्रेसी मित्रहरु हो, पहिले अपहरित बिपीको रक्षा त गर, बाबुरामको क्षमापूजा पछि गरौला । हामी साथ दिन तयार छौं ।’
केहीदिन अघि कांग्रेसका युवा नेता गगन थापाले संसदीय निर्वाचनमा कांग्रेसले तालमेल गरेर डा. भट्टराईलाई जिताएकोमा क्षमापूजा गर्नुपर्ने तर्क गरेका थिए ।

लगत्तै बाबुरामले ट्वीटमार्फत नै प्रतिक्रिया जनाउँदै भनेका थिए, ‘कांग्रेसका साथीहरुले चुनावी तालमेलको राजनीति बुझ्नु राम्रो होला, गोरखा र रसुवामा नयाँ शक्ति र नेपाली कांग्रेसबीच तालमेल भएको हो । गोरखा–२ मा नयाँ शक्ति र रसुवामा नेपाली कांग्रेसले जितेको हो । नयाँ शक्तिको समर्थन विना नेपाली कांग्रेसले रसुवामा जित्ने थिएन भन्ने चाहीँ किन बिर्सेको ? एकता र विरोध दुवै हुन्छ है लोकतन्त्रमा !’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ