काठमाडौं,असार ८ ।
विभागीय टिम त्रिभुवन आर्मी क्लबले ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा आर्मीले फ्रेन्ड्स क्लब कुपन्डोललाई २(० गोल अन्तरले पराजित गर्यो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन विशाल बस्नेत र जय अधिकारीले एक एक गोल गरे । जितसंगै समूह ’बी’ बाट आर्मीले ३ अंक जोडेको छ । फ्रेन्ड्सले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ ।
समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline