काठमाडौं, असार ८ ।
सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बागमतीको १ सय ८८ रोपनी जग्गाको मुआब्जा दिन कानूनी जटिलता रहेको बताउनु भएको छ ।
बागमती मुआब्जा विवादबारे छलफल गर्न आज बिहान बसेको संसद्को कृषि र विकास समितिको संयुक्त बैठकमा बोल्दै मन्त्री राईले उक्त जग्गाको मुआब्जा दिन कानूनी जटिलता भएको बताउनु भएको हो ।
मुआब्जा दिनुपर्ने भनिएको ६ सय १४ रोपनी जग्गामध्ये ४ सय २६ रोपनीको मुआब्जा वितरण भइसकेको मन्त्री राईले जानकरी दिनुभयो । बाँकी १ सय ८८ रोपनीको मुआब्जाका लागि भने कानूनी जटिलता रहेको उहाँले प्रष्ट पार्नु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline