पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

  • आइतवार, असार ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

चितवन,असार ८ ।

पहिरो हटाएपछि अहिले नारायणगढ मुग्लिन सडकखण्डमा गाडी गुड्न थालेका छन् । आज बिहान जलबिरेमा खसेको पहिरो हटाएपछि अहिले गाडी चल्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षायाममा पटकपटक पहिरो खस्दा यो सडक खण्डमा यात्रुलाई सास्ती हुने गरेको छ ।

उता पहिरोका कारण बन्द भएको रसुवागढी नाका जोड्ने सडक १२ घण्टापछि खुलेको छ । शनिबार बेलुकी ८ बजेतिर लिङलिङमा पहिरो खसेपछि अवरुद्ध भएको स्याफ्रुबेसी–रसुवागढी सडकखण्डमा अहिले गाडी चल्न थालेका छन् ।

बिहान साढे ८ बजेतिर सडक खुलाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुुभयो । सडक अवरुद्ध भएपछि चीनको केरुङ जान लागेका तथा काठमाण्डौ जान लागेका करिब ५० ओटा मालवाहक कन्टेनर रोकिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ