बुटवल, असार ८ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
सैनामैना–६ कलौनीमा गएराति महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको ना७ख ५९४८ नम्बरको बसले विपरित दिशातर्फ गईरहेको लु८प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीका अनुसार बसले ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको र त्यसमा सवार अन्दाजी २०÷२५ वर्षका दुुई युवकको जलेर घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव पोष्टमार्टमका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल राखिएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता सिन्धुलीबाट रामेछाप आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालक निरबहादुर श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।
बिरामी लिन हिँडेको बा.२१ च ७५२५ नम्बरको एम्बुलेन्स आज बिहान ३ बजे कुनौरीको मोडमा दुर्घटना भएको हो । एम्बुलेन्स सडकबाट करिब सय मिटर तल खसेको छ ।