भारतको लखनउबाट १६ वर्षमुनिका ५ नेपाली बालबालिकाको उद्धार

भारतको लखनउबाट १६ वर्षमुनिका ५ नेपाली बालबालिकाको उद्धार

  • शनिबार, असार ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

बाँके ७ असार ।
भारतको लखनउबाट पाँच जना नेपाली बालबालिकाको उद्धार गरी आज नेपालगञ्ज ल्याइएको छ । शक्ति समूह नेपालको सहयोगमा दुई बालिका र तीन बालकलाई उद्दार गरी आज नेपालगञ्ज ल्याइएको हो ।

शक्ति समूह नेपालगन्जका क्षेत्रीय अधिकृत निर्मला थापाले भारतमा उद्धार गरेर बालगृहमा राखिएका नेपाली बालबालिकालाई नेपालगञ्ज ल्याइएको जानकारी दिनुभयो । उद्धार गरी नेपाल ल्याइएका सबै १६ वर्षमुनिका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउको विभिन्न होटल र कारखानामा काम गर्दै आएका बालबालिकालाई प्रहरीले उद्धार गरेर राजकीय बाल गृह र राजकीय बालिका गृहमा राखेका थियो । ती बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएको हो ।

नेपालगञ्ज ल्याइएका बालबालिकालाई अभिभावक आएपछि उनीहरुको जिम्मा लगाउने गरी हाल सिविन नेपालगञ्को बालगृहमा राखिएको छ । उद्धार गरिएका बालिकालाई शक्ति समूहको आपतकालिन आवास गृहमा राखिएको छ । उद्धार गरिएका बालक दैलेख, बाँके र बर्दियाका तथा बालिकाहरु कैलाली र रुपन्देहीका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ