सरकारको दमन र राज्य आतङ्कको देशव्यापी सशक्त प्रतिरोध गर्न अखिल (क्रान्तिकारी)काे अपिल

सरकारको दमन र राज्य आतङ्कको देशव्यापी सशक्त प्रतिरोध गर्न अखिल (क्रान्तिकारी)काे अपिल

  • शनिबार, असार ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ , ७ असार । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सरकारको दमन र राज्य आतङ्कको देशव्यापी सशक्त प्रतिरोध गर्न आम युवा विद्यार्थीमा अपिल गरेको छ ।

अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकालले शुक्रवार विज्ञप्ति जारी गरी आस्थाका आधारमा गिरफ्तार गरेका आफ्नो सङ्गठनका नेता–कार्यकर्तालाई तत्काल बिना सर्त रिहा गर्न माग समेत गरेका छन् ।

अध्यक्ष ढकालले सङ्गठनका कार्यकर्ता रिहा नगरिए सरकारको दमन र राज्य आतङ्कको देशव्यापी सशक्त प्रतिरोध गरिने पनि बताएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान् तथा गौरवशाली सङ्गठन नेपालमा चलिरहेको दलाल पुँजीपतिवर्गको जनविरोधी राज्य व्यवस्था र त्यसको जगमा अडेको असमान र अवैज्ञानिक दलाल पुँजीवादी शिक्षा प्रणालीकाविरुद्ध अनवरत रूपमा जीवन मरणको सङ्घर्षमा रहेको विषय सर्वविदितै छ । आफ्ना जनविरोधी, राष्ट्रघाती, प्रतिक्रान्तिकारी, भ्रष्ट र फासिवादी रबैयाका कारण पतनको अन्तिम दिशातिर उन्मुख केपी–पीके कम्पनीको फासिवादी सरकार र रामबहादुर गृह प्रशासन बनेदेखि नै यसले हाम्रो सङ्गठनमाथि निरन्तर रूपमा दमन, गिरफ्तारी, झूट्टामुद्दा र राज्य आतङ्कका शृङ्खलाहरू नै चलाइरहेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो जनविरोधी र कुरूपचरित्र ढाकछोप गर्न यसले क्रान्तिकारी विद्यार्थीको न्यायपूर्ण आन्दोलनलाई हत्या, जेल, नेल र बन्दुकको सहाराले दबाउने फासिवादी हर्कत प्रदर्शन गरिरहेको छ । यसै सन्दर्भमा हाम्रो सङ्गठनका सचिवालय सदस्य तथा सगरमाथा ब्युरो संयोजक कमरेड दुर्गा तामाङ र ताम्सालिङ ब्युरो संयोजक कमरेड मुकुन्द श्रेष्ठलाई यही २०७६ असार ४ गते काठमाडौँबाट सङ्गठनको काममा रहेको अवस्थामा राजनीतिक आस्थाका आधारमा गैरन्यायिक रूपमा गिरफ्तार गरिएकोप्रति हाम्रो सङ्गठन घोर भत्र्सना र निन्दा गर्दछ ।’
यस्ताे छ विज्ञप्ति

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ