एकदिवसीय विश्वकप क्रिकेटः उपाधि दाबेदार टोली इङ्ल्यान्ड २० रनले पराजित

एकदिवसीय विश्वकप क्रिकेटः उपाधि दाबेदार टोली इङ्ल्यान्ड २० रनले पराजित

  • शनिबार, असार ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, ७ असार । एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले आयोजक तथा उपाधि दाबेदार टोली इङ्ल्यान्डलाई २० रनले पराजित गरेको छ । लिड्समा गएराति भएको खेलमा श्रीलंकाको जितमा लासिथ मालिंगाले एक्लै चार विकेट लिए ।

श्रीलंकाले दिएको २ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली इङ्ल्यान्डले ४७ ओभरमा मात्र २ सय १२ रन जोड्दा अलआउट भयो ।इङ्ल्यान्डका लागि बेन स्टोक्सले अविजित ८२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जोय रुटले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

इङ्ल्याण्डलाई सस्तैमा समेट्न श्रीलंकाका लागि मालिंगाले १० ओभर बलिङ गर्दै ४३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै धनन्जय डी सिल्भाले ३ तथा इसुरु उडानाले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३२ बनाएको थियो ।श्रीलंकाका एन्जेलो म्याथ्युजले अविजित रहँदै सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै अभिस्का फर्नान्डोले ४९, कुशल मेण्डिसले ४६ तथा धननन्जय सिल्भाले २९ रन बनाए । यो हारसँगै इङ्ल्यान्डले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।इङ्ल्यान्डले ६ खेलबाट ८ अंक जोडेको छ । प्रतियोगितामा दोस्रो हार बेहोरेको इङ्ल्याण्ड तेस्रो स्थानमा छ ।

इङ्ल्यान्डलाई हराएसँगै श्रीलंकाले शीर्ष चारमा पुग्ने सम्भावना कायम राखेको छ । श्रीलंकाले ६ खेलबाट ६ अंक जोडेको छ र तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छन् । नेपाली समयअनुसार दिउँसो सवा ३ बजे भारत र अफगानिस्तान भिड्दा साँझ सवा ६ बजे सुरु हुने अर्को खेलमा न्यूजिल्यान्ड र वेस्ट इन्डिज खेल्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ