वातावरण संरक्षण विधेयकबारे वातावरण विद्हरुसँग परामर्श

वातावरण संरक्षण विधेयकबारे वातावरण विद्हरुसँग परामर्श

  • शुक्रबार, असार ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, असार ६ ।
संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वातावरण संरक्षण विधेयकबारे वातावरण विद्हरुसँग परामर्श गरेको छ ।

सिंहदरबारमा आज बसेको बैठकमा वातावरण संरक्षण विधेयकमाथिको छलफलको क्रममा समितिले वातावरणविदहरुसँग परामर्श गरेको हो । समितिले जलवायु परिवर्तन न्यूनिकरण र वातावरणीय प्रभाव कम गर्ने उपायबारे विज्ञसँग परामर्श गरेको हो ।

वातावरणविद् डा.कृष्णचन्द्र पौडेलले वातावरण संरक्षणका लागि तल्लो तहलाई बढी जिम्मेवार बनाउनुपर्ने विषय विधेयकमा समेट्न सुझाव दिनुभयो । उहाँले स्थानीय तहमा वृक्षारोपण गर्ने, गिट्टी बालुवा उत्खननमा रोक लगाउने, जथाभावी खोलिएका इट्टाभट्टा नियन्त्रण गर्न स्थानीय तहलाई बढी जिम्मेवार बनाउन जरुरी रहेको औंल्याउनुभयो ।

वातावरणविद् भूषण तुलाधरले सार्वजनिक र सरकारी वनबारे स्पष्ट प्रावधान राख्न सुझाव दिनुभयो । सरकारले चाहँदैमा वन क्षेत्रको भूउपयोग परिवर्तन गर्न नहुने उहाँको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ