काठमाडौं, असार ६ ।
विराटनगर महानगरपालिकाले राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
हलचोकस्थित एपीएफको मैदानमा आज धनगढी उपमहानगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै विराटनगरले विजयी सुरुवात गरेको हो । विराटनगरको जितमा रेखा पौडेलले ह्याट्रिक गरिन् ।
राष्ट्रिय टोलीका सदस्य समेत रहेकी रेखाले पहिलो हाफमा २ र दोस्रो हाफमा एक गोल गरेकी थिईन् । यस्तै सबिता मगरको नाममा एक गोल रह्यो । जितसंगै समूह ’डी’ को विराटनगरले पहिलो खेलबाट ३ अंक जोडेको छ ।
धनगढीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline