धादिङ, असार ६ ।
धादिङको गल्छी गाउँपालिका वडा नं ६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनी तर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप अनियन्त्रित भई पल्टिएको हो ।
दुर्घटनामा गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, सोही स्थानका ३० वर्षीय कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का ३८ वर्षीय सेते मिजार, सोही स्थानका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमा नै मृत्यु भएको हो ।
दुर्घटनामा घाइेते भएका २१ वर्षीय समिक्षा अधिकारीको भने उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी चौकी बैरेनीका प्रहरी नायव निरीक्षक जनक बस्नेतले घटनास्थलबाट जानकारी दिनुभयो ।
दुर्घटनामा अन्य १० जना घाईते भएका छन् । घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि काठमाडौँ रिफर गरिएको छ ।