कुमार पौडेलको हत्याबारे मानवअधिकार आयोगले छानबिन थाल्यो

कुमार पौडेलको हत्याबारे मानवअधिकार आयोगले छानबिन थाल्यो

  • शुक्रबार, असार ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, असार ६ ।

नेपाल कम्युनिस्ट पार्टीका सर्लाहि जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या प्रकरणबारे राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान थालेको छ ।

मानवअधिकार आयोगको केन्द्रीय कार्यलय र प्रदेश नं. २ कार्यालयको संयुक्त टोलीले टोलीले घटनाबारे अनुसन्धान थालेको हो । आयोगका सचिव वेद भट्टराईले विज्ञप्ति जारी गरी घटनाबारे अनुसन्धान गर्न केन्द्रीय कार्यालय र प्रदेश नं. २ कार्यालयबाट टोली खटिएको जानकारी दिनुभएको छ ।

असार ५ गतेको उक्त घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै टोलीलाई तत्कालै आयोगमा प्रतिवेदन पेश गर्न भनिएको छ । असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाही लालबन्दी १ लखन्ती खोलामा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ