आईसीसी एकदिवसीय विश्वकपः आयोजक इंग्ल्याण्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुने

आईसीसी एकदिवसीय विश्वकपः आयोजक इंग्ल्याण्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुने

  • शुक्रबार, असार ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी, ६ असार ।
इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज उपाधि दाबेदार तथा आयोजक इंग्ल्याण्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैँ छ ।

दुई टोलीबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
हेडीङलेमा हुने खेलका दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टोली जित निकाल्दै शीर्ष चारको सम्भावना बलियो बनाउन चाहन्छन् ।

तुलनात्मक रुपमा बलियो टिम इंग्ल्याण्ड पाँचौ जितको खोजीमा हुनेछ । उसले ५ खेलबाट ४ जित र १ हार व्यहोर्दै ८ अंक जोडेको छ ।
तेस्रो स्थानमा रहेको इंग्ल्याण्ड श्रीलंकालाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लन लक्षका साथ मैदान उत्रदैछ ।
श्रीलंका भने इंग्ल्याण्डलाई पराजित गर्दै आफुलाई उपाधि दाबेदारको रुपमा उभ्याउन चाहन्छ । जसको लागि श्रीलंका बलियो इंग्ल्याण्डविरुद्ध जादुमय प्रदर्शन गर्न चाहन्छ ।

श्रीलंकाले ५ खेलबाट ४ अंक जोडेको छ । श्रीलंकाले १ जित निकाल्दा २ हार र २ खेल बराबरी खेलेको छ । शीर्ष चारको सम्भावना जीवित राख्न श्रीलंकालाई इंग्ल्याण्डविरुद्ध जितको विकल्प छैन ।

दुई टिमबीचको पछिल्लो पाँच भेटमा इंग्ल्याण्डले ३ खेल जितेको छ । एक खेल श्रीलंकाले जितेको छ भने एक खेल रद्द भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ