रसुवागढीमा पहिरोले सुरुङभित्र फसेका कामदारको बिहानैबाट उद्धार कार्य सुरु

रसुवागढीमा पहिरोले सुरुङभित्र फसेका कामदारको बिहानैबाट उद्धार कार्य सुरु

  • शुक्रबार, असार ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

रसुवा, ६ असार ।
रसुवागढी जलविद्युतु आयोजनाको पावर हाउसभन्दा माथिबाट आएको पहिराका कारण सुरुङमा काम गरिरहेका १५ जना कामदारभित्रै फसेका छन्।

उनीहरुको उद्धारका लागि बिहानैबाट काम सुरु गरिएको आयोजना प्रमुख छवि गैरेले बताउनु भयो ।

सुरुङमा विद्युत अवरुद्ध हुनुका साथै बाटोमा पहिरो गएको कारण कामदारलाई बाहिर नआउन आग्रह गरिएको र उनीहरुको उद्धार कार्य बिहिानैबाट सुरु गरिएको उहाँले बताउनु भयो ।

सुरुङको मुख भने बन्द नभएको आयोजनाले जनाएको छ । सुरुङभित्र रहेका कामदारसँग वाकेटकेमा कुरा भइरहेको रहेको र उनीहरु सकुसल रहेको बताईएको छ ।

भित्र फसेका कामदारलाई उद्धार गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।
१११ मेगावट क्षमताको यो आयोजना रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण हुँदैछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ