बिरगंज ’सी’ डिभिजनमा बढुवा

बिरगंज ’सी’ डिभिजनमा बढुवा

  • बिहिबार, असार ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं असार ५ ।
बिरगंज युनाईटेड सहिद स्मारक ’सी’ डिभिजन लिगमा बढुवा भएको छ । ’सी’ डिभिजन लिग छनोट अन्तर्गत आज भएको अन्तिम खेलमा स्पोर्ट्स एकेडमीलाई ३–१ गोल अन्तरले पराजित गर्दै बिरगंज बढुवा भएको हो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा बिरगंजलाई जित दिलाउन चतुर धन चौधरी, उज्वल लोप्चन श्रेष्ठ,सब्बीर चौधरीले एक एक गोल गरे । स्पोर्ट्स एकेडमीका कमल देउवाले एक गोल फर्काए ।

बिरगंज बढुवा भएसँगै ’सी’ डिभिजनमा बढुवा हुने तीनै क्लबको टुंगो लागेको छ । यसअघि दुई क्लब झापा फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लब बढुवा भईसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ