ने.क.पा.का नेता भेषराज भुसाललाई मातृशोक, महासचिव विप्लवद्धारा श्रद्धान्जली व्यक्त

ने.क.पा.का नेता भेषराज भुसाललाई मातृशोक, महासचिव विप्लवद्धारा श्रद्धान्जली व्यक्त

  • बुधबार, असार ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 25.4K
    SHARES

काठमाडौं, ४ असार ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् कार्यालय सचिव भेषराज भुसाललाई मातृशोक परेको छ । भुषलकी आमा उमादेवी भुसाल ८४ वर्षको उमेरमा निधन भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३, खगेन्द्रनगर निवासी उमादेवीको बुधबार दिउँसो निवासमै निधन भएको हो ।

यसैबीच, ने.क.पा.का महासचिव विप्लवले पार्टी केन्द्रीय सदस्य एवम् कार्यालय सचिव भेषराज भुसाल ‘ध्रुव’की आमा उमादेवी भुसालप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।

आमा उमादेवीको मृत्युको खबरले आफू र पार्टीलाई अत्यन्त दुःखी बनाएको महासचिव विप्लवद्वारा जारी शोक तथा समवेदना वक्तव्यमा उल्लेख छ ।

महासचिव विप्लवको वक्तव्यमा भनिएको छ, ‘क्रान्तिमा निरन्तर लाग्दै आउनु भएका भेषराज भुसालकी आमाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिन्छ । साथै शोकसन्तप्त कमरेड भेषराज भुसाल, उहाँका आदरणीय बुबा र सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिन्छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ