काठमाडौं ४ असार ।
सुदुरपश्चिम प्रदेशले कंचनपुरमा सुरु प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । महेन्द्रनगरमा आज भएको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदुरपश्चिमले शानदार सुरुवात गरेको हो ।
गण्डकीले दिएको ५९ रनको सामान्य लक्ष्य दिएको सुदुरपश्चिमले ७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।सुदुरपश्चिमको जितमा कविता कुँवरले अविजित २१ रन जोडिन । यस्तै रेवती धामीले अविजित १२ तथा कविता जोशीले १२ रन बनाईन् । गण्डकीकी मनिषा उपाध्यायले १ विकेट लिईन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा अलआउट हुँदै ५८ रन बनाएको थियो । गण्डकीका लागि शिला रेग्मीले अविजित १९ रन जोड्दा सुशिला गुरुङले १७ रन जोडिन । अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् ।् गण्डकीलाई सस्तैमा समेट्न सुदुरपश्चिमकी लक्ष्मी साउद, जानकी भट्ट र कविता कुँवरले २–२ विकेट लिईन् ।