भेक–तुन्दी जेभीको टिपरले ठक्करदिदाँ दुई जनाको मृत्यु

भेक–तुन्दी जेभीको टिपरले ठक्करदिदाँ दुई जनाको मृत्यु

  • बुधबार, असार ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

उदयपुर, असार ४ ।
उदयपुरमा टिपरले ठक्कर दिदा दुई युवकको मृत्यु भएको छ ।

चौदण्डीगढी नगरपालिका–७ लाटीखोलामा स्थित मदन भण्डारी लोकमार्ग अन्तर्गत बेलटार–बसाहा खण्डको लाटी खोलामा टिपरले ठक्कर दिदा चौदण्डी गढी नगरपालिका– ४, बसाहा बस्ने बर्ष ४८ का खगेन्द्र राई र वर्ष ४० का जीवन राईको मृत्यू भएको हो ।

बसाहाबाट बेलटारतर्फ आउँदै गरेको स४प ३६१ नम्बरको मोटर साइकल सोही दिशाबाट आउँदै गरेका बा २ क ७०९ नम्बरको ट्रिपरले ठक्कर दिदा उनीहरुको घटनास्थलमै मृत्यू भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक गंगा पौडेलले बताउनु भएको छ ।

टिपर चालक चितवन घर भएका सरोज प्रजा फरार रहेको बताइएको छ । दुर्घटनामा संलग्न ट्रिपर प्रहरीको नियन्त्रणमा छ ।
टिपर मदन भण्डारी लोक मार्ग अन्तर्गत निर्माण हुने पुलको लागी रसुवाको भेक–तुन्दी जेभीले प्रयोग गरेको प्रहरीले बताएको छ । आफन्तले शव बुझ्न अस्वीकार गरेपछि घटनास्थल तनावग्रस्त रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ