काठमाडौं, असार ४ ।
सांसदहरुले संघीय संसद्को विकास तथा प्रविधि समितिले दिएको निर्देशन सरकारले पालना नगरेको भन्दै सांसदहरुले आलोचना गरेका छन् ।
सिंहदरबारमा आज बसेको बैठकमा सांसदहरुले समितिले दिएको निर्देशन पालना नभएकोतर्फ सभापति कल्याणकुमारी खड्काको ध्यानाकर्षण गराएका हुन् ।
समितिले पटक–पटक निर्देशन दिँदा पनि राष्ट्रिय गौरवका आयोजनाहरु मेलम्ची खानेपानी, हुलाकी सडकलगायतका विभिन्न परियोजनाको काम अलपत्र रहेको भन्दै सांसदहरुले सरकारको आलोचना गरे ।
सांसदहरुले २०७५ सालको चैतमा मेलम्ची आउँछ भनेर सरकारले विकास समितिलाई ढाँटेको गुनासो गर्दै आयोजना गुणस्तरीय नभएको, लागत बढेको र जथाभावी ठेक्का लिने–दिने गरेको भन्दै अनुगमनमा कडाई गर्नु पर्ने बताए ।
सांसद यज्ञ सुनुवार, जिपछिरीङ लामालगायतले विकास तथा प्रविधि समितिले तयार पारेको प्रतिवेदनमा सुझाव दिएका थिए ।