कोपा अमेरिकामा जापान पराजित

कोपा अमेरिकामा जापान पराजित

  • मङ्लबार, असार ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, असार ३ ।
कोपा अमेरिका फुटबलमा डिफेन्डिङ च्याम्पियन चिलीसँग एसियन राष्ट्र जापान पराजित भएको छ । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा आज बिहान भएको खेलमा जापान चिलीसँग ४–० गोलअन्तरले पराजित भएको हो ।

चिलीको जितमा इडुआर्डो भर्गासले दुई गोल गरे । त्यस्तै, इरिक पुलगर र एलेक्सिस सान्चेजले समान १–१ गोल गरे ।पहिलो हाफमा एक गोलको अग्रता बनाएको चिलीले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो ।

खेलको ४१औं मिनेटमा पुलगरले गोल गर्दै चिलीलाई पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको जापानले दोस्रो हाफमा झनै खराब प्रदर्शन र्गयो ।

भर्गासले खेलको ५४औं मिनेटमा गोल गर्दै २–० गोलको अग्रता दिलाए । त्यसपछि खेलको ८२औं मिनेटमा सान्चेजले गोल गर्दै चिलीलाई ३–० गोलको अग्रता दिलाए । भर्गासले त्यसको एक मिनेटपछि नै अर्थात खेलको ८३औं मिनेटमा अर्को गोल गर्दै ४–० गोलको जित हात पारेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ