एकदिवसीय विश्वकप क्रिकेटः उपाधि दाबेदार इंग्ल्याण्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने

एकदिवसीय विश्वकप क्रिकेटः उपाधि दाबेदार इंग्ल्याण्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने

  • मङ्लबार, असार ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी असार ३ ।
इंग्ल्याण्डमा जारी १२ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । इंग्ल्याण्डको म्यान्चेस्टरमा हुने एक मात्र खेलमा उपाधि दाबेदार इंग्ल्याण्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

दुई टोलीबीचको खेल नेपाली समय अनुसार अपरान्ह सवा ३ बजेपछि सुरु हुनेछ । ओल्ड ट्राफोर्डमा इंग्ल्याण्ड अफगानिस्तानलाई पराजित गर्दै चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । ४ खेलमा ३ जित र १ हार व्यहोरेको इंग्ल्याण्डको ६ अंक रहेको छ ।

चौंथो स्थानमा रहेको इंग्ल्याण्ड अफगानिस्तानलाई हराउँदै शीर्ष स्थानको अष्ट्रेलियासंग अंक बराबरी गर्न चाहन्छ । तर, पहिलो जितको खोजीमा अफगानिस्तानसंग इंग्ल्याण्ड सतर्क रहने छ ।

जारी विश्वकपमा अफगानिस्तान जित निकाल्न नसक्ने एक्लो टिम हो । ४ खेलमा अफगानिस्तानले ४ खेल गुमाएको छ । तर, इंग्ल्याण्डलाई हराउँदै अफगानिस्तान पहिलो जित निकाल्न चाहन्छ । यसअघि दुईबीचको एक भेटमा इंग्ल्याण्ड ९ विकेटले विजयी भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ