बाक्लो हुस्सु र वर्षाका कारण उडान ठप्प, यात्रु अलपत्र

बाक्लो हुस्सु र वर्षाका कारण उडान ठप्प, यात्रु अलपत्र

  • मङ्लबार, असार ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, असार ३ ।

सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान ठप्प हुँदा यात्रु अलपत्र परेका छन् । बिहानैदेखि बाक्लो हुस्सु र वर्षाका कारण शुक्रबारदेखि उडान हुन नसक्दा यात्रु अलपत्र परेका हुन् ।

हिजो मात्र ७ ओटा उडान तालिका भए पनि सम्पूर्ण उडान रद्ध भएको विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिनुभयो । उडान प्रभावित हुँदा करिब २०० स्वदेशी तथा विदेशी यात्रु लुक्लामै अलपत्र परेको उहाँले बताउनुभयो । गएको बिहीबार ७ ओटा उडान मध्ये ३ वटा मात्रै विमान उडान भएपछि मंगलबारसम्म कुनै पनि उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

खुम्बु क्षेत्र भ्रमणमा आएका पर्यटकले प्रयोग गर्ने विमानस्थलको विकल्प नहुँदा पनि यात्रुलाई समस्या भएको हो । केही यात्रु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाण्डौ गएका छन् । लुक्लामा यात्रु रोकिएपछि यहाँका होटलमा चहलपहल बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ