सी’ डिभिजन छनोट: दोस्रो चरणको खेल तालिका सार्वजनिक

सी’ डिभिजन छनोट: दोस्रो चरणको खेल तालिका सार्वजनिक

  • शनिबार, जेष्ठ ३२, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं ३२ जेठ ।
राजधानीमा जारी सहिद स्मारक ’सी’ डिभिजन लिग छनोट प्रतियोगिता अन्तर्गत नकआउट चरणको खेल तालिका सार्वजनिक भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले दोस्रो चरणका लागि छनोट भएका १२ टोलीलाई ३ समूहमा विभाजन गरेर खेल तालिका निकालेको हो ।

एक समूहमा ४ टोली राखिएको छ । र, हरेक समूहको विजेता टिम ’सी’ डिभिजन लिगमा बढुवा हुनेछ । यस पटक ३ क्लब ’सी’ डिभिजनमा बढुवा हुनेछ । दोस्रो चरणको खेल आइतबारबाट सुरु हुनेछ ।

आइतबार हुने खेलमा समूह ’ए’ बाट सरस्वती नगर स्पोर्ट्स क्लब र इमाडोल युवा क्लब तथा झापा फुटबल क्लब र एक्टिभ फुटबल क्लबबीच खेल हुनेछ । यस्तै सोमबार समूह ’बी’ बाट च्याम्पियन बोइज सेतीओपी र चर्च बोइज युनाईटेड तथा सुन्धारा युवा क्लब र चेबहाल युवा क्लबबीच खेल हुनेछ ।

मंगलबार हुने खेलमा बागमती युवा क्लब र बिरगंज युनाईटेड तथा ठमेल फुटबल क्लब र स्पोर्ट्स एकेडेमीबीच खेल हुनेछ ।
तीनै समूहको विजेता टोलीले फाइनलमा स्थान बनाउने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ