सुकेधारा बम विस्फोटका घाईते रामकुमार श्रेष्ठको निधन

सुकेधारा बम विस्फोटका घाईते रामकुमार श्रेष्ठको निधन

  • शनिबार, जेष्ठ ३२, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ ३२ जेठ ।

काठमाडौमा भएको बम विस्फोटमा परी घाईते भएका रामकुमार श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ ।

जेठ १२ गते काठमाडौंको सुकेधारामा भएको विस्फोटमा परी घाइते रामेछाप मन्थली नगरपालिका ४ का श्रेष्ठको उपचारको क्रममा ओम अस्पतालमा मृत्यु भएको छ । उपचाररत श्रेष्ठको आज बिहान मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिनुभयो ।

योसँगै विस्फोटमा परी मृत्यु हुनेको सङख्या पाँच पुगेको छ । यसअघि अनामनगर र सुकेधारा विस्फोटमा परी चार जनाको मृत्यु भएको थियो ।

बम विस्फोटमा परी सहिद हुनेहरुमा नेपाल कम्युनिष्ट पार्टीको जनमुक्ति सेनाका कमाण्डरहरू गोकुल रानामगर, विभुराम, अखिल क्रान्तिकारीका नेता प्रज्वल शाही, निरन्तर मल्ल र दिपेन वि .क रहेका थिए ।

सुकेधारास्थित छोटे ठाकुरको सैलुनमा भएको बम बिस्फोटमा परि गम्भीर घाइते भएका सुरेन्द्र महर्जन र हरि खड्काको ओम अस्पतालको आइसीयुमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ