अदालतबाटै गिरफ्तार उदयपुर जिल्ला सदस्य तामाङलाई रिहा गर्न नेकपाको माग

अदालतबाटै गिरफ्तार उदयपुर जिल्ला सदस्य तामाङलाई रिहा गर्न नेकपाको माग

  • शनिबार, जेष्ठ ३२, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

उदयपुर, ३२ जेठ ।

नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य पूर्ण तामाङलाई बिना कारण गिरफ्तार गरी झुठा मुद्धामा फसाउने सड्यन्त्र गरेको भन्दै आपत्ति जनाएको छ ।

जिल्ला अदालत उदयपुरले रिहा गरेलगत्तै प्रहरीले तामाङलाई पुनः गिरफ्तार गरेपछि ने.क.पा. उदयपुरले आक्रोश व्यक्त गरेको छ । घरमै बसिरहेको अवस्थामा चैत ५ गते गिरफ्तार गरी झुठा मुद्धामा फसाएर पुर्पक्षका लागी थुनामा पठाईएका उनलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत उदयपुरमा रिट निवेदन दायर भएको थियो ।

सोहि रिटमाथिको बहसपछि जेठ ३० गते जिल्ला अदालत उदयपुरले निर्दोश भएको भन्दै धरौटिमा रिहा गरेको थियो । तर प्रहरीले उनलाई पुनः अदालत परिसरबाटै गिरफ्तार गरेको छ ।

ने.क.पा. उदयपुरका सेक्रेटरी प्रशान्तले बिज्ञप्ति जारी गरी गिरफ्तार तामाङलाई तत्काल रिहा गर्न पनि माग गर्नुभएको छ । तामाङलाई रिहा नगरे कडा संघर्षमा उत्रने चेतावनी समेत नेकपाले दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ