निर्माणाधीन भवनको ढलान भत्किँदा ३ जनाको मृत्यु, अन्य तीन घाईतेः मृतक सबै भारतीय नागरिक

निर्माणाधीन भवनको ढलान भत्किँदा ३ जनाको मृत्यु, अन्य तीन घाईतेः मृतक सबै भारतीय नागरिक

  • शनिबार, जेष्ठ ३२, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

३२ जेठ, दाङ ।
दाङमा निर्माणाधीन भवनको ढलान भत्किँदा ३ जनाको मृत्यु भएको छ ।
लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा आज बिहान ढलान भत्किएको प्रहरीले जनाएको छ ।
घटनामा परी तीन मजदूरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४५ वर्षीय मङ्गल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेव साहेव रहेको वडा प्रहरी कार्यालय, लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिनुभयो ।

मृतक तीनैजना भारतीय नागरिक भएको प्रहरीले जनाएको छ । उनीहरु झारखण्ड निवासी रहेको जनाइएको छ ।

उक्त घटनामा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन् । जसमध्ये अजय हेरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल लगिएको छ । दीपेनको फ्लोरेन्स अस्पताल लमहीमा उपचारपछि डिस्चार्ज गरिएको थियो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ