काठमाडौं ३१ जेठ ।
विश्व फुटबलको सर्वोच्व निकाय फिफाको वरियतामा नेपाल ४ स्थान तल झरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ४ स्थान झरेको हो ।
नयाँ वरियता अनुसार नेपाल १ सय ६५ औं स्थानमा रहेको छ । यसअघि नेपाल १ सय ६१ औं स्थानमा रहेको थियो । नेपालले हालै दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपनि नेपालको वरियता खस्किएको हो । नेपालले दुई साताअघि मलेसिया र चाईनिज ताईपेसंग मैत्रीपूर्ण खेल खेलेको थियो ।
नेपालले फिफा वरियतामा आफूभन्दा तलको मलेसियासंग २–० को हार व्यहोरेको थियो । यस्तै नेपालले आफूभन्दा ३६ औं स्थान माथिको चाईनिज ताईपेसँग १–१ गोलको बराबरी खेलेको थियो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय १ औं स्थानमा र माल्दिभ्स १ सय ५१ औं स्थानमा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline